spot_img

नेपाली कम्युनिष्ट पार्टी पर्सा–२ का उम्मेदवार मनोज चौधरीद्वारा छपकैयामा घरदैलो

spot_img
spot_img

वीरगंज, ८ फागुन – नेपाली कम्युनिष्ट पार्टी पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले वीरगंज महानगरपालिका वडा नं. १, छपकैयामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

छपकैयामा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार चौधरीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका थिए।

उनले आफू समाजवादी आन्दोलनमा रहेको उल्लेख गर्दै नेपाली कम्युनिष्ट पार्टीसँग देशको दिशा परिवर्तन गर्ने स्पष्ट मार्गचित्र रहेको दाबी गरे। घरदैलो कार्यक्रममार्फत जनताको आशीर्वाद प्राप्त भएको बताउँदै उम्मेदवार चौधरीले विगतमा नेताहरूले निर्वाचन क्षेत्र नं. २ का जनतालाई ठगेको आरोप लगाए।

यस पटक क्षेत्र नं. २ का मतदाता सचेत रहेको र एजेण्डाका आधारमा मतदान गर्नेमा आफू ढुक्क रहेको उनले बताए।

घरदैलो कार्यक्रममा बृजलाल पासवान, किशोरी कुशवाहा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय