spot_img

एमाले लडाकु दस्ताले रास्वपाविरुद्ध कारबाही नभए प्रतिवादको चेतावनी

spot_img
spot_img

काठमाडौं,०८ फागुन । नेकपा एमाले को लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्स ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाएको र पार्टीको झण्डा जलाएको विषयमा प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठ ले शुक्रबार जारी वक्तव्यमा यस्तो कार्य अराजक मानसिकताको प्रतीक भएको बताएका छन्। उनले भने, “झण्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यमा संलग्न व्यक्तिमाथि राज्य संयन्त्रले कारबाही नगरे हामी सशक्त रूपमा प्रतिवाद गर्नेछौं।” फोर्सले उक्त चेतावनीमार्फत प्रशासन र जनसमुदायलाई सचेत गराउँदै, यस्ता घटनाप्रति तत्काल कदम चालिनुपर्ने माग राखेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय