वीरगंज, ८ फागुन – पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने सुखचैनामा ठूलो समूह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ।
आज आयोजित एक विशेष पार्टी प्रवेश कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा आबद्ध स्थानीय व्यक्तिहरू रास्वपामा आवद्ध भएका हुन्। कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीका सभापति एवं क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले सुखचैनामा भएको यो प्रवेशले क्षेत्र नं. १ मा रास्वपा थप सशक्त बनेको दाबी गरे। जनताको बढ्दो समर्थनका कारण आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने उनले विश्वास व्यक्त गरे।
उनले रास्वपा वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै पारदर्शिता, सुशासन र विकासलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।




