spot_img

पर्सा–४ मा रमेश रिजालको घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज, ८ फागुन – नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार तथा पूर्वमन्त्री रमेश रिजालले घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन्।

शुक्रबार उनले छिपहरमाई गाउँपालिका वडा नं. ३ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका हुन्। चुनावी गतिविधिलाई तीव्र बनाउँदै उम्मेदवार रिजालले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरी पुनः एकपटक नेपाली कांग्रेसलाई विश्वास गर्न आग्रह गरे।

उनले शिक्षा, स्वास्थ्य, सिंचाइ र सडक विकासका क्षेत्रमा नेपाली कांग्रेस सधैं अग्रभागमा रहेर काम गर्दै आएको दाबी गरे। लोकतन्त्रको बहाली तथा संरक्षण र राष्ट्रियताको सवालमा पनि कांग्रेस सधैं देशहितमा उभिएको उनले बताए।

कांग्रेस परिवर्तित रूपमा अघि बढिरहेको उल्लेख गर्दै रिजालले मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको र आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका अगुवा नेता तथा कार्यकर्ता, स्थानीय प्रतिनिधि र समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय