spot_img

फिस्लिङमा माइक्रोबस पल्टिँदा १५ जना घाइते

spot_img
spot_img

काठमाडौं,०८ फागुन । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

अनुसार तीव्र गतिका कारण अनियन्त्रित बनेको माइक्रोबस सडकमा पल्टिएको हो। दुर्घटनापछि तत्काल प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका थिए।

मुग्लिन प्रहरी कार्यालयका अनुसार घाइतेहरूलाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। केहीको अवस्था सामान्य रहेको जनाइएको छ।

दुर्घटनाबारे थप विवरण संकलन भइरहेको र घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय