spot_img

बालेन शाह आज झापा जाने

spot_img
spot_img

काठमाडौँ,०९ फागुन । बालेन शाह स्वास्थ्यलाभपछि आज झापा प्रस्थान गर्ने भएका छन्। उनका सहयोगी अर्जुन घिमिरे का अनुसार शाह बेलुकीसम्म दमक पुग्ने कार्यक्रम बनाएका छन्। अबका दिनहरू उनी आफू उम्मेदवार रहेको झापा–५ का कार्यक्रममै व्यस्त रहनेछन्।

चुनावी कार्यक्रमका क्रममा सुर्खेतमा अस्वस्थ भएपछि उनी केही कार्यक्रम स्थगित गरेर काठमाडौँ फर्किएका थिए। उनलाई खाना अपच, पेट दुखाइ र रक्तचाप बढेको कारण कार्यक्रमबाट फर्कनु परेको थियो। काठमाडौँमा दुई दिनको उपचारपछि घरमै आराम गरेका बालेन शाह पूर्ण रूपमा स्वस्थ्य भएका छन् र अब चुनावी गतिविधिमा पुनः सक्रिय हुने तयारीमा छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय