spot_img

चितवन–पर्सा निकुञ्जमा बाघ गणनाका ६० क्यामेरा हराए

spot_img
spot_img

चितवन,०९ फागुन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि प्रयोग गरिएका ६० वटा क्यामेरा हराएको र २५ वटा बिग्रिएको जानकारी निकुञ्ज प्रशासनले दिएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगर का अनुसार, बाघ गणनाका लागि कुल १,७८० वटा क्यामेरा प्रयोग गरिएको थियो।

गणना पुस ३ गतेदेखि सुरु भएको थियो र हालसम्म सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको छ। दुई वटा राष्ट्रिय निकुञ्जलाई एउटै कम्प्लेक्समा समायोजन गरी तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो। यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। त्यसअनुसार चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए।

हराइरहेका क्यामेरासँग सम्बन्धित अनुसन्धान भइरहेको छ भने निकुञ्ज प्रशासनले उपकरण सुरक्षा र निगरानी प्रणाली थप कडा बनाउने प्रतिबद्धता जनाएको छ। यस घटनाले राष्ट्रिय निकुञ्जमा संरक्षण गतिविधि र बाघ निगरानी प्रणालीमा सुधारको आवश्यकता औंल्याएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय