spot_img

पर्सा–१ मा राप्रपाबाट उम्मेदवार बनेका नन्द किशोरप्रसाद श्रीवास्तवको परिचय

spot_img
spot_img

बीरगन्ज,०९ फागुन । ६५ वर्षीय नन्द किशोरप्रसाद श्रीवास्तव (नन्दु श्रीवास्तव) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार हुन्।

बीरगन्जस्थित कुम्हाल टोलका स्थायी बासिन्दा रहेका उनले कक्षा १० सम्म अध्ययन गरेका छन्। नन्दु श्रीवास्तव राप्रपाका पर्सा जिल्लामा परिचित नेता मानिन्छन्। लामो समयदेखि पार्टी संगठन, जनसम्पर्क र वैचारिक राजनीतिमा सक्रिय रहँदै आएका उनी पर्सामा राप्रपाको उपस्थितिलाई बलियो बनाउने अभियानमा जुटेका छन्। उनी पूर्वमन्त्री तथा बीरगन्जका पूर्वमेयर विमल श्रीवास्तवका सहोदर भाइ हुन्। राजनीतिबाहेक उनी एक कुशल कलाकारका रूपमा पनि चिनिन्छन्। उनले २०८१ साल फागुनमा राप्रपामा प्रवेश गरेका हुन्।

परम्परागत मूल्य, राष्ट्रिय पहिचान, धर्म–संस्कृति संरक्षण तथा संविधान सुधार राप्रपाका मूल एजेन्डा हुन्। ती एजेन्डालाई स्थानीय तहसम्म पुर्‍याउने उद्देश्यसहित नन्दु श्रीवास्तव राजनीतिक रूपमा सक्रिय देखिन्छन्। उनको राजनीतिक प्राथमिकतामा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र स्थानीय मुद्दामा आवाज उठाउने कार्य रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय