spot_img

गौर तनाव नियन्त्रणमा सरकारसँग समन्वय गरिरहेको छु : माधव नेपाल

spot_img
spot_img

काठमाडौं,०९ फागुन । नेकपा (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौरमा उत्पन्न पछिल्लो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै दुवै समुदायलाई संयमता अपनाउन अपिल गरेका छन्।

शनिबार पत्रकारसँग कुराकानी गर्दै सहसंयोजक नेपालले भने, “हिन्दु होस् वा मुस्लिम, कुनै पनि परिवारको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन। यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन।”

नेपालले हिन्दु र मुस्लिम दुवै समुदाय सदियौँदेखि सँगै बस्दै आएका र अझै मिलेर जानुपर्ने बताए। उनले थपे, “एक अर्काको धर्म, संस्कृति र चाडपर्वको सम्मान गर्नु अहिलेको आवश्यकता हो। समस्या समाधान आपसी संवादबाट मात्रै सम्भव छ।”

सहसंयोजक नेपाल रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत हुन् र सोही क्षेत्रमा लामो समयदेखि संघीय संसद्मा प्रतिनिधित्व गर्दै आएका छन्।

अहिलेको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै उनले सरकारसँग पनि सहयोग मागेका छन्। गृहमन्त्रीसँगको संवादमा तत्काल सुरक्षा उपायका लागि कर्फ्यु लगाउने सुझाव दिएका नेपालले रौतहट र जनकपुरका वरिष्ठ प्रहरी अधिकारीहरूसँग पनि निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन्।

नेपालले सबै पक्षलाई सचेत रहन र उत्तेजनामा नआउन आग्रह गर्दै भने, “कसैको घर, प्रतिष्ठा वा इज्जतमा आँच नआओस् भन्ने सुनिश्चित गर्न सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय