spot_img

निर्वाचनका दिन सातै दिन सार्वजनिक बिदा हुने सम्भावना

spot_img
spot_img

काठमाडौँ,१० फागुन । फागुन २१ गते हुने निर्वाचनका अवसरमा निर्वाचन आयोगले सरकारलाई सातै दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार, सबै मतदाताले सहजै मतदानमा भाग लिन सकून् भनेर आयोगले फागुन २०, २१ र २२ गते बिदा दिन सिफारिस गरेको हो। भण्डारीले भने, “हामीले फागुन २१, २२ र २३ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेका छौं। स्वीकृत गर्ने कि नगर्ने निर्णय सरकारको हातमा छ।”

यदि सरकारले आयोगको सिफारिस अनुसार बिदा स्वीकृत गर्यो भने, फागुन १८ देखि २४ सम्म लगातार सात दिन बिदा हुने सम्भावना छ। यस अवधिमा होली पर्व (१८-१९ फागुन), निर्वाचन (२०-२१ फागुन) र शनिबार-आइतबार (२३-२४ फागुन) साथै अन्तर्राष्ट्रिय नारी दिवस पनि पर्ने भएकोले सात दिनको निरन्तर बिदा हुने तयारी भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय