spot_img

वीरगञ्ज–श्रीपुर मुर्लीमा दुई समूहबीच विवाद, क्षेत्र तनावग्रस्त

spot_img
spot_img

वीरगञ्ज, १० फागुन- पर्साको वीरगञ्ज महानगरपालिका अन्तर्गत श्रीपुर–मुर्ली चौक क्षेत्रमा दुई समूहबीच विवाद हुँदा सो क्षेत्र तनावग्रस्त बनेको छ।

स्थानीयका अनुसार दुवै पक्षबीच सामूहिक झडप हुँदा केही समय ढुंगा हानाहानसमेत भएको थियो। घटनापछि क्षेत्रको अवस्था तनावपूर्ण बनेको बताइएको छ।

विवादको क्रममा केही व्यक्तिहरूले घरेलु हतियार तथा तरबार जस्ता धारिलो वस्तु प्रदर्शन गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ। हाल स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको जनाइएको छ।

स्थानीयका अनुसार अत्यधिक आवाजमा साउण्ड सिस्टम (डिजे) बजाएको विषयलाई लिएर एक समूहले विरोध गरेपछि विवाद सुरु भएको हो।

यद्यपि, घटनाबारे आधिकारिक धारणा लिन खोज्दा स्थानीय प्रहरीले हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। दुवै पक्षबीच ढुंगा–मुढा हुँदा केही युवाहरू घाइते भएको स्थानीयहरूले बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय