spot_img

रौतहट–२ बाट उम्मेदवार सोनु कुशवाहा जनमत पार्टीबाट अलग

spot_img
spot_img

राैतहट,१० फागुन । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट रौतहट–२ का उम्मेदवार बनेका २८ वर्षीय सोनु कुशवाहाले आइतबार पार्टीबाट राजीनामा दिएका छन्।

सोनु कुशवाहाका अनुसार पार्टीमा व्यक्तिवाद र परिवारवाद हावी भएको, युवामाथि दमन हुँदा पनि आवाज नसुन्ने वातावरण रहेको कारण उनले राजीनामा दिएका हुन्। उनले भने, “जनताको आवाज सुन्ने व्यवस्था नभएको पार्टीमा बस्नुको कुनै अर्थ छैन।”

उनले पार्टी नेतृत्व आफ्नै क्षेत्र र परिवार केन्द्रित भएको आरोप लगाउँदै, उम्मेदवारी दिइए पनि कुनै समन्वय नभएको बताए। सो क्षेत्रका अन्य नेताहरू पनि साधारण सदस्यको हैसियतमा पार्टी छाडेका छन्।

सोनुले आन्तरिक असन्तुष्टि, नेतृत्वको एकलौटी निर्णय, स्थानीय जनभावनाको उपेक्षा र विकासका स्पष्ट रोडम्याप नदेखिएको कारण राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधि सभाका उम्मेदवार रहेकाले उनी आगामी निर्वाचनमा कसको पक्षमा मतदान गर्ने भन्ने अझै सार्वजनिक गरेका छैनन्। रौतहट–२ बाट यस निर्वाचनमा २६ जना उम्मेदवारले दाबी गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय