spot_img

मधेस प्रदेशका पूर्वराज्यमन्त्री सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकियो

spot_img
spot_img

नकपुर,११ फागुन । मधेस प्रदेशका निलम्बित सांसद तथा पूर्व राज्यमन्त्री सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि सोमबार विशेष अदालतले पेसी तोकेको छ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावलविदुर कोइरालाको इजलासमा सुनुवाइको मिति तोकिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ। आयोगको दाबी अनुसार, उपभोक्ता समितिका खातामा जम्मा भएको रकम सिंहले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा झिकाइ हिनामिना गरेका थिए।

यस अभियोगमा सिंहसहित निम्न व्यक्तिहरू पनि मुद्दामा प्रतिवादी रहेका छन्: रमेश मडर, अमलेश कुमारी, दीपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी।

विशेष अदालतले अब आगामी सुनुवाइका लागि निर्धारित मिति अनुसार मुद्दा अगाडि बढाउने तयारी गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय