spot_img

पप्पु कन्स्ट्रक्सनका मालिक रौनियारसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश

spot_img
spot_img

काठमाडौँ,११ फागुन । सर्वोच्च अदालतले हरिनारायण रौनियारसहित पप्पु कन्स्ट्रक्सनसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मामहेश शर्मा पौडेलको संयुक्त इजलासले गत साउन २० गतेदेखि ‘हेर्दाहेर्दै’ राखिएको मुद्दाको मिसिल भदौ २४ को आगजनीमा नष्ट भएको भन्दै पुनः प्राप्त गर्न आदेश दिएको हो।

जलेको मिसिल पुनः प्राप्त भएपछि सर्वोच्चले सुनुवाइका लागि नयाँ पेसी तोक्नेछ।

पप्पु कन्स्ट्रक्सनमाथि गुणस्तरहीन पुल निर्माण गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। विशेष अदालतले हरिनारायण र उनका छोरा सुमित रौनियारलाई दोषी ठहर गर्दै जनही साढे तीन करोड रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।

त्यसपछि दोषी ठहर भएका र अन्य प्रतिवादीहरूले फरक–फरक मितिमा पुनरावेदन दायर गरेका थिए। साथै अख्तियारले पनि ११ जनालाई प्रतिवादी बनाएर सर्वोच्चमा पुनरावेदन दायर गरेको थियो। सर्वोच्चले दुवै पक्षको पुनरावेदन एकसाथ राखेर सुनुवाइ गरिरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय