उदयपुर, ११ फागुन । उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस सडकबाट लगभग ३०–४० फिट तल खसेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा झन्डै एक दर्जन व्यक्ति घाइते भएका छन्। घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ। विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




