spot_img

पर्सा–३ मा रूपेश पाण्डेको समर्थनमा एमालेको सक्रिय अभियान

spot_img
spot_img

बीरगन्ज,११ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–२ जमुनीयामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। स्थानीय अगुवा नेता र सक्रिय कार्यकर्तासँग आयोजित भेटघाट तथा छलफल कार्यक्रममा पार्टी समर्थकहरूको उल्लेखनीय सहभागिता थियो।

कार्यक्रमको नेतृत्व पूर्व अध्यक्ष प्रदीप जयसवालले गरेका थिए। छलफलमा संगठन सुदृढीकरण, घरदैलो अभियान, मतदाता सम्पर्क विस्तार र विकास एजेण्डा जनस्तरमा पुर्‍याउने रणनीति तय गरिएको थियो।

नेताहरूले पर्सा–३ को विकासका लागि कृषि आधुनिकीकरण, सडक तथा पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सुधार र युवाको रोजगारी सुनिश्चित गर्न प्राथमिकता दिनुपर्ने बताए। सहभागीहरूले स्थायित्व, सुशासन र समृद्धिका लागि एमाले नै भरपर्दो शक्ति भएको दाबी पनि गरे।

कार्यक्रममा युवा उम्मेदवार रूपेश पाण्डेको भूमिकाबारे सकारात्मक चर्चा भएको छ। स्थानीय तहमा निरन्तर सक्रिय रहेका पाण्डेप्रति विश्वास बढ्दो रहेको र फागुन २१ को निर्वाचनमा उनको जित सुनिश्चित गर्न पार्टीले सक्रिय भूमिका खेल्ने निर्णय गरेको बताइएको छ।

नेता जयसवालले प्रत्येक टोल र बस्तीमा पुगेर एमालेको नीति, कार्यक्रम र विकास दृष्टिकोण स्पष्ट रूपमा प्रस्तुत गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। आगामी दिनमा घरदैलो, टोलसभा र जनसम्पर्क कार्यक्रम अझ तीव्र बनाइने योजना गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय