काठमाडौं,११ फागुन । सर्वोच्च अदालतले निर्वाचन आयोगले दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउन दिएको निर्णयसँग सम्बन्धित फाइल मागेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले ४ फागुन, २०८२ मा निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको फाइल सर्वोच्चले माग गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले निर्देशन अनुसार प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गरेको दाबी गरेको थियो। सर्वोच्च अदालतले यसअघि नै प्रसाईंले दर्ता गरेको मुद्दासँग सम्बन्धित फाइल झिक्न आदेश दिँदै मंगलबारका लागि मुद्दाको पेशी तोकेको छ।




