spot_img

बालेनको चुनावी बाचा: प्रदेशलाई अधिकार दिलाउने, शिक्षा र स्वास्थ्य प्राथमिकता

spot_img
spot_img

काठमाडौं,११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भावी प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाह (बालेन) ले प्रदेश सरकारलाई संवैधानिक अधिकार दिलाउने बाचा गरेका छन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेनले सोमबार आफ्नो बाचापत्र सार्वजनिक गर्दै तीन तहका सरकारबीच समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको बाचापत्रअनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, महिला–बालबालिका, खेलकुद, वातावरण, सुशासन र कला–संस्कृतिका विषयमा पाँच वर्षभित्र प्रभावकारी काम गर्ने योजना बनाइएको छ।

बालेनले संविधानले प्रत्येक नागरिकलाई सुनिश्चित गरेका आधारभूत हक—शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र सामाजिक सुरक्षा—व्यवहारमा ल्याउने प्रतिबद्धता पनि जनाएका छन्। उनले गरिब र विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने विषयमा विशेष जोड दिएका छन्।

मेयर हुँदा काठमाडौंमा शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको कामको अनुभवलाई उनले राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना पनि बाचापत्रमा उल्लेख गरेका छन्। बालेनले स्मार्ट कक्षा, प्रयोगशाला, पुस्तकालय स्थापना, फरक क्षमता भएका बालबालिकाका लागि कार्यक्रम र ‘घर–घर स्वास्थ्य सेवा’ जस्ता योजनालाई देशभर कार्यान्वयन गर्ने बताएका छन्।

उनको नीति अनुसार तीन तहका सरकारबीच समन्वय सुनिश्चित गर्दै स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकार प्रत्यायोजन गरिनेछ, जसले संघीय लोकतान्त्रिक व्यवस्थामा अधिकार र सेवा वितरणमा सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय