spot_img

पर्सामा कर्फ्यु हट्यो, वीरगञ्जका केही क्षेत्रमा निषेधाज्ञा लागू

spot_img
spot_img

बीरगन्ज,११ फागुन । पर्सा जिल्लामा जारी कर्फ्यु आदेश हटाइएको छ भने बीरगन्जका विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। जिल्ला सुरक्षा समितिको सोमबारको निर्णयअनुसार अपराह्न साढे ४ बजेदेखि कर्फ्यु हटाइएको हो।

यद्यपि, अवस्था पूर्ण रूपमा सामान्य नभएको भन्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न रोक लगाइएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।

आइतबार साँझ दुई समुदायबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्फ्यु आदेश जारी गरेका थिए। व्यक्तिगत विवादलाई साम्प्रदायिक रूप दिन खोज्ने र सामाजिक सञ्जालमा घृणास्पद तथा अनधिकृत सामग्री पोस्ट गर्नेलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्ने निर्णय पनि गरिएको छ।

घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने र धार्मिक सहिष्णुता कायम राख्न धार्मिक अगुवा, नागरिक समाज र राजनीतिक दलहरूले सहकार्य गर्ने निर्णय गरिएको छ।
निषेधाज्ञा लागू गरिएको क्षेत्र
पूर्व: बाईपास रोड
पश्चिम: रानीघाट पुल
उत्तर: पावरहाउस चोक
दक्षिण: घण्टाघर चोक

प्रशासनले सबैलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय