spot_img

संविधान र लोकतन्त्र जोगाउन प्रतिनिधिसभामा बलियो कांग्रेस आवश्यक : रमेश लेखक

spot_img
spot_img

काठमाडौं,११ फागुन । नेपाली कांग्रेसका नेता रमेश लेखकले वर्तमान राजनीतिक परिस्थितिमा संविधान र लोकतान्त्रिक पद्धति संकटमा परेको बताएका छन्। सोमबार कञ्चनपुरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले उक्त संकट समाधानका लागि प्रतिनिधिसभामा कांग्रेसको बलियो उपस्थिति आवश्यक रहेको धारणा राखे।

उनले भने, “अहिले संविधान संकटमा छ, लोकतान्त्रिक पद्धति संकटमा परेको छ। संविधानलाई सही लयमा ल्याउन र पद्धतिलाई सुचारु गर्न अब बन्ने प्रतिनिधिसभामा नेपाली कांग्रेसको सशक्त भूमिका जरुरी छ।”

लेखकले निर्वाचनसम्म अझै केही दिन बाँकी रहेकाले घर–घरमा पुगेर वर्तमान अवस्थाबारे जनतालाई जानकारी गराउन र कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न कार्यकर्तासँग आग्रह गरे।

उनका अनुसार वर्तमान अवस्थाबारे नागरिकलाई स्पष्ट सन्देश दिँदै लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न कांग्रेसलाई बलियो बनाउनु अहिलेको आवश्यकता हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय