spot_img

नेकपा उम्मेदवार सिए अजय चौरसियाद्वारा वीरगञ्ज–२१ परवानीपुरमा घरदैलो सम्पन्न : अनियमितता र भ्रष्टाचारको अडिट गर्ने प्रतिबद्धता

spot_img
spot_img

वीरगञ्ज, १२ फागुन –  शिक्षा, स्वास्थ्य, कृषि तथा सरकारी सेवामा हुने अनियमितता र भ्रष्टाचारको अडिट गर्ने प्रतिबद्धतासहित चुनावी मैदानमा रहेका नेपाल कम्युनिष्ट पार्टी पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सिए अजय चौरसियाले मंलवार बिहानैदेखि घरदैलो तथा जनतादर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन्।

उनले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर, पटेलनगर तथा ताजपुर क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रिय मुद्दासँगै स्थानीय समस्या र विकास निर्माणका कार्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेको बताए।

नयाँ तथा शिक्षित उम्मेदवारलाई मतदान गर्न मतदातासमक्ष आग्रह गर्दै आएका चौरसियाले जेनजी आन्दोलनले देशलाई अगाडि बढाउने स्पष्ट दिशा दिएको दाबी गरे। सोही दिशामा देशलाई अघि बढाउन नेकपाको ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न उनले मतदातालाई अपिल गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय