spot_img

मतदानअघि ७२ घण्टा पहिला सबै सीमानाकाहरू सिल गरिने

spot_img
spot_img

काठमाडौं,१२ फागुन ।  आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा सुरक्षा कडा पार्न मतदान हुनुभन्दा ७२ घण्टा पहिला नेपाल–भारत र नेपाल–चीनका सबै अन्तर्राष्ट्रिय सीमानाकाहरू पूर्ण रूपमा सिल गर्ने निर्णय भएको छ।

निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो। बैठक कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा भएको थियो, जसमा गृह मन्त्रालयका पदाधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।

बैठकमा मतदानअघि मादक पदार्थको बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाउने र फागुन १९ गते तराईमा मनाइने होली पर्व तथा जनकपुरमा हुने ऐतिहासिक माध्यमिकी परिक्रमा मेलाको सुरक्षा व्यवस्थापनबारे पनि गम्भीर छलफल भएको छ। मौन अवधिको समयमा होली पर्व संयमित बनाउने र भारतीय नम्बर प्लेटका सवारी साधन रोक्ने समयसीमा आयोगले छिट्टै सार्वजनिक गर्नेछ।

सुरक्षा समितिले हिमाली जिल्लाहरूमा भइरहेको हिमपातका कारण मतपेटिका र निर्वाचन सामग्री ढुवानीमा आउने चुनौतीमा पनि ध्यान दिएको छ। प्रतिकूल मौसमका कारण कर्मचारी र सुरक्षाकर्मीलाई जोखिम हुन नदिन वैकल्पिक योजना बनाइने र सामग्री सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्‍याउने व्यवस्था गरिने आयोगले जनाएको छ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आयोग अन्तर्गत एकीकृत सुरक्षा योजना अन्तर्गत काम भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय