spot_img

१०० दिनभित्र सहकारी पीडितको रकम फिर्ता गर्ने छाै : रवि लामिछाने

spot_img
spot_img

काठमाडौं, १२ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितको साना बचत १०० दिनभित्र फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुनसरीको इटहरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपा नेतृत्वको सरकारले गठन भएलगत्तै साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने बताए। “यसअघिका सरकारले रविलाई थुन्नेबाहेक अरू काम गरेनन्। कसैले पैसा फिर्ता पाएन। अब १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गरिन्छ,” उनले भने।

लामिछानेले भूमिहीन समस्या समाधानका लागि दलका प्रतिनिधिभन्दा विज्ञहरू सम्मिलित शक्तिशाली आयोग गठन गरिने पनि उल्लेख गरे। उक्त आयोगले सिफारिस गरेका विषयलाई आफ्नो पार्टीले कार्यान्वयन गर्ने उनको भनाइ थियो। उनले गरिबको झुपडीमा नभई अनियमितता हुने ‘महल’मा डोजर चल्ने चेतावनीसमेत दिए।

त्यस्तै, पूर्वाधार विकासका विषयमा बोल्दै उनले विगतमा लामो समय सत्तामा रहेका दलले नीति सुधार गर्न नसकेको आरोप लगाए। कांग्रेसप्रति लक्षित टिप्पणी गर्दै उनले विकासका लागि आवश्यक नीतिगत सुधार, प्रविधि र उपकरण व्यवस्थापनको काम रास्वपाले गर्ने दाबी गरे।

लामिछानेका यी अभिव्यक्तिले सहकारी पीडितको माग, भूमिहीन समस्या र विकास नीतिबारे चुनावी बहसलाई थप तीव्र बनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय