spot_img

होली र निर्वाचन एकैसाथ, आचारसंहिता कडाइका साथ पालना गर्न रौतहट प्रशासनको आग्रह

spot_img
spot_img

रौतहट,१३ फागुन । यस वर्ष होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै समय परेकाले जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। जिल्ला प्रशासन कार्यालय, रौतहटले विशेष सूचना जारी गर्दै निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवद्वारा जारी सूचनामा फागुन २१ गते हुने निर्वाचनको प्रचार–प्रसार तथा मौन अवधिमै होली परेकाले राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि, मतदाता र सर्वसाधारणलाई संवेदनशील बन्न आह्वान गरिएको छ। प्रशासनले आपसी सद्भाव, शान्ति र सौहार्द कायम राख्दै मर्यादित तथा सभ्य ढंगले होली मनाउन अनुरोध गरेको छ।

निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्नुपर्ने उल्लेख गर्दै कुनै उल्लङ्घन देखिएमा सम्बन्धित निर्वाचन निकाय वा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन पनि आग्रह गरिएको छ। प्रशासनको पूर्वअनुमति बिना मेला, जात्रा वा भीडभाड हुने कार्यक्रम आयोजना नगर्न चेतावनी दिइएको छ।

साथै, कसैको इच्छा विपरीत जबर्जस्ती रङ लगाउने, लोला हान्ने वा उच्छृङ्खल व्यवहार नगर्न निर्देशन दिइएको छ। विशेष गरी निर्वाचनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारणलाई असर पर्ने गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ।

मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न, सार्वजनिक स्थानमा होहल्ला नगर्न र चर्को आवाजमा डिजेलगायत ध्वनि प्रदूषण नगर्न पनि प्रशासनले सचेत गराएको छ। कानुनविपरीत गतिविधि गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जनाइएको छ।

केही दिनअघि गौर नगरपालिका–६ सबगढा गाउँमा दुई समुदायबीच विवाद उत्पन्न भई तनाव सिर्जना भएको पृष्ठभूमिमा प्रशासनले विशेष सतर्कता अपनाउन र पुनः त्यस्तो अवस्था नदोहो¥याउन सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय