spot_img

यातायात कार्यालयका अधिकृत र बिचौलिया घुससहित पक्राउ

spot_img
spot_img

हेटौंडा, १३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले यातायात व्यवस्था कार्यालय हेटौंडामा कार्यरत एक अधिकृत र एक बिचौलियालाई घुससहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार सवारी सरुवा सहमति गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही क्रममा खटिएको टोलीले बिचौलियाको भूमिकामा रहेका लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

घटनामा संलग्न रहेको आरोपमा छैटौं तहका अधिकृत अमृत भेटुवाललाई पनि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। दुवैलाई यातायात व्यवस्था कार्यालय हेटौंडा परिसरबाटै पक्राउ गरिएको हो।

आयोगले उनीहरूको साथबाट तीन थान मोबाइल सेटसमेत बरामद गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय