spot_img

पूर्व समानुपातिक सांसद जानकी देवी नेकपामा प्रवेश

spot_img
spot_img

सिरहा,१३ फागुन । जानकी देवी रामले नेकपा एमाले परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन्।

रामले फागुन २ गते एमाले त्यागेको घोषणा गरेकी थिइन्। आज उनलाई सिरहा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा नेकपाका केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले पार्टीमा स्वागत गरेका हुन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलित समुदायको कोटाबाट समानुपातिक सांसद बनेकी रामले संसद्मा रहँदा समावेशिता, सामाजिक न्याय र अधिकार सुनिश्चितताका विषयमा आवाज उठाउँदै आएकी थिइन्।

एमालेभित्र स्वेच्छाचारिता र व्यक्तिवादी कार्यशैली बढेको आरोप लगाउँदै उनले सुधारका लागि उठाएका आफ्ना रचनात्मक आवाज नेतृत्वले नसुनेपछि पार्टी छाड्न बाध्य भएको बताएकी छन्। विचारभन्दा व्यक्तिको वर्चस्व हाबी हुनु, इमान्दार कार्यकर्ता निरुत्साहित हुनु तथा संगठनात्मक मूल्य कमजोर बन्दै जानुलाई उनले आफ्नो निर्णयको मुख्य कारण उल्लेख गरेकी छन्।

रामको यो कदमले सिरहाको राजनीतिक समिकरणमा केही प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय