वीरगञ्ज,१३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वीरगञ्ज महानगरपालिका–२० पटेलनगरमा कोणसभा सम्पन्न गरेको छ। मंगलबार साँझ पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने पटेलनगर चोकमा स्थानीयहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले नेपाली जनता अब सचेत र जागरुक भइसकेकाले नेताहरूले जनतालाई झुक्याउन नसक्ने बताए। उनले विगत ३६ वर्षदेखि विभिन्न दलका नेताहरूले जनतालाई झुक्याउँदै आएको आरोप लगाउँदै अब जनता नझुक्किने दाबी गरे। साथै, यसपटक क्षेत्र नं. १ का मतदाताहरूले आफूलाई विजयी गराउनेमा आफू ढुक्क रहेको उनले बताए।
कृष्ण पासवानको सञ्चालनमा सम्पन्न उक्त कोणसभामा जनार्दन सिंह, सगीर आलम, महमुद्दिन अन्सारी र चन्दन यादवलगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा पटेलनगरका स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।




