spot_img

निर्वाचनअघि ७ दिन मदिरा बिक्री रोक्ने तयारी

spot_img
spot_img

काठमाडाै,१३ फागुन ।  प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मदिरा बिक्री नियन्त्रणबारे तयारी अघि बढाइएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको मंगलबार बसेको बैठकमा चुनावअघि कम्तीमा ७ दिन मदिरा बिक्रीमा पूर्ण रोक लगाउने विषयमा छलफल भएको एक अधिकारीले बताएका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई मदिरा बिक्री बन्द गर्न सिफारिस गर्ने तयारी गरेको स्रोतको भनाइ छ। आयोगको सिफारिसपछि गृह मन्त्रालयले औपचारिक निर्णय गर्नेछ।

सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनअघिको समयमा मदिरा बिक्री खुला रहँदा सुरक्षा जोखिम बढ्न सक्ने र मतदान प्रक्रिया प्रभावित हुन सक्ने भएकाले नियन्त्रण आवश्यक देखिएको हो।

यसैबीच फागुन १९ मा मनाइने तराई होलीलाई व्यवस्थित बनाउन समेत मदिरा बिक्रीमा नियन्त्रण गर्ने विषयमा छलफल भएको छ।

उच्चस्तरीय सुरक्षा समितिले निर्वाचनअघि सीमामा ७२ घण्टा आवागमन बन्द गर्ने निर्णय पनि गरेको जनाएको छ। यसले मतदानको वातावरण शान्त, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य राखेको अधिकारीहरू बताउँछन्।

विशेषज्ञहरूका अनुसार चुनावअघि मदिरा बिक्रीमा रोक लगाउने अभ्यासले निर्वाचन प्रक्रिया पारदर्शी र शान्तिपूर्ण बनाउन सहयोग पुग्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय