spot_img

‘अन्तिम चुनाव’को बाचा तोड्दै फेरि मैदानमा उत्रिएका नेताहरू

spot_img
spot_img

काठमाडौँ,१३ फागुन । अघिल्लो निर्वाचनमा “यो मेरो अन्तिम चुनाव हो” भन्दै मत मागेका केही प्रमुख नेताहरू यसपटक पुनः उम्मेदवारी दिएर मैदानमा उत्रिएका छन्। घोषणापत्रका प्रतिबद्धता मात्र होइन, चुनाव नलड्ने व्यक्तिगत बाचा पनि सजिलै तोडिएको भन्दै मतदाताबीच आलोचना बढ्न थालेको छ।
चुनावी घरदैलोका क्रममा नेताहरूले मौखिक रूपमा गर्ने प्रतिबद्धता पूरा नहुने गुनासो नयाँ होइन। तर यसपटक कतिपय नेताले आफ्नो राजनीतिक जीवनकै अन्तिम चुनाव भएको घोषणा गर्दै मत मागेका थिए। अहिले उनीहरू पुनः उम्मेदवार बनेपछि प्रश्न उठ्न थालेको छ।

माधवकुमार नेपाल

माधवकुमार नेपाल ले २०७९ सालको निर्वाचन प्रचारका क्रममा रौतहट–१ मा यो आफ्नो अन्तिम चुनाव भएको बताएका थिए। तर यसपटक उनी सोही क्षेत्रबाट फेरि उम्मेदवार बनेका छन्। अघिल्लो निर्वाचनमा उनले ३३ हजार ५२२ मत प्राप्त गरी विजयी भएका थिए।

महेन्द्रराय यादव

महेन्द्रराय यादव ले पनि सर्लाही–२ मा चुनाव लड्दा स्वास्थ्य अवस्थासमेत उल्लेख गर्दै यो अन्तिम चुनाव भएको बताएका थिए। उनी पनि पुनः सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। उनले जनताको चाहना र पार्टीको आग्रहका कारण पुनः उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन्।

शरतसिंह भण्डारी

शरतसिंह भण्डारी ले महोत्तरी–२ का मतदातासँग आफ्नो लामो राजनीतिक यात्रापछि विश्राम लिने घोषणा गरेका थिए। ४४ वर्षे राजनीतिक जीवनमा १० पटक उम्मेदवारी दिएका र ८ पटक विजयी भएका भण्डारीले गत चुनावलाई अन्तिम बताएका थिए। तर यसपटक उनी फेरि उम्मेदवार बनेका छन्। पार्टीका नेताहरूका अनुसार उनी व्यक्तिगत रूपमा विश्राम लिन चाहन्थे, तर पार्टीको आग्रहमा पुनः चुनावी मैदानमा उत्रिएका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय