spot_img

सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं रिहा

spot_img
spot_img

काठमाडाै,१३ फागुन । दुर्गा प्रसाईं रिहा भएका छन्। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सर्वोच्च अदालतको आदेशअनुसार बुधबार रिहा गरिएको हो।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मामेघराज पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै प्रसाईंलाई तत्काल रिहा गर्न आदेश दिएको थियो।

यद्यपि प्रशासनिक प्रक्रिया पूरा हुन बाँकी रहेकाले उनी बुधबार मात्रै कारागारबाट मुक्त भएका हुन्।

निर्वाचन भाँड्ने गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो। उनी यसअघि पनि विभिन्न आरोपमा पक्राउ पर्दै रिहा हुँदै आएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय