spot_img

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, दुई जना घाइते

spot_img
spot_img

काठमाडौं,१४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बैतडीमा झडप हुँदा दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डिलासैनी गाउँपालिका–७ को लेक टोलमा चुनावी प्रचारप्रसारका क्रममा दुवै पक्षबीच विवाद चर्किँदा झडप भएको हो। झडपमा एमाले निकट युवा संघका जिल्ला सदस्य २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

प्रहरीका अनुसार जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको छ। घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीले अवस्था नियन्त्रणमा रहेको र थप विवाद नबढ्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको बताएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय