spot_img

त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

spot_img
spot_img

काठमाडौं,१४ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एक स्वीडिस नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ढुन्डीराज नेउपानेका अनुसार राहदानी नम्बर AA 3846491 वाहक ५१ वर्षीया कुन्चोक खान्ड्रो पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार उनी सिचुआन एयरलाइन्समार्फत काठमाडौंबाट चीन प्रस्थान गर्न लागेकी थिइन्। अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा जाँच गर्ने क्रममा खैरो रङको साइड ब्यागभित्र विदेशी मुद्रा लुकाइ–छिपाइ लैजान खोजेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।

उनको साथबाट अमेरिकी डलर १०,५००, युरो २६,७००, चिनियाँ युआन ७,४०० र स्वीडिस क्रोनर ४३,००० बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको विमानस्थल प्रहरी कार्यालयले जानकारी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय