बीरगन्ज,१४ फागुन । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा फागुन १६ गते बीरगन्ज आउने भएका छन्। फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस पर्साले आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न थापा यहाँ आउन लागेका हुन्।
कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीका अनुसार फागुन १६ गते बीरगन्जस्थित बीपी उद्यान (घण्टाघर नजिक) मा आमसभा आयोजना गरिनेछ। उक्त सभामा सभापति थापासहित पार्टीका अन्य शीर्ष नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
पर्साका चारै निर्वाचन क्षेत्रबाट नेता–कार्यकर्ता र समर्थक उतारेर बीरगन्जमा शक्ति प्रदर्शन गर्ने तयारी गरिएको कांग्रेस पर्साले जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।




