spot_img

नागरिकता, राहदानी वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने

spot_img
spot_img

काठमाडौं,१४ फागुन । आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मतदाता परिचयपत्र नभए पनि अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने भएका छन्।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ को दफा ४३ र ८४ को प्रावधान स्पष्ट पार्दै मतदान प्रक्रियालाई सहज बनाउन वैकल्पिक कागजातलाई मान्यता दिएको हो।

आयोगका अनुसार मतदाता परिचयपत्र हराएको वा साथमा नभएको अवस्थामा मतदाता नामावलीमा नाम भएका व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक सक्कल कागजात देखाएर मतदान गर्न सक्नेछन्।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्न मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी, कर्मचारी तथा सरोकारवालालाई जानकारी गराइसकेको जनाएको छ।

यसैबीच, गृह मन्त्रालयले देशभर उक्त व्यवस्था कडाइका साथ लागू गर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ।

आयोगको निर्णयले परिचयपत्र नभएका कारण कोही पनि नागरिक आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित नहुने विश्वास गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय