spot_img

पर्सामा चुनाव अवधिभर मदिरा बिक्री र सेवन निषेध

spot_img
spot_img

बीरगन्ज,१४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, पर्सा ले जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा अस्थायी प्रतिबन्ध लगाएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक स्थानमा मदिराको प्रयोगबाट शान्ति–सुरक्षामा असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राखी उक्त निर्णय गरिएको हो।

यो निर्णय निर्वाचन आयोग, नेपाल को विज्ञप्ति, गृह मन्त्रालय बाट प्राप्त निर्देशन तथा जिल्ला सुरक्षा समितिको २०८२ फागुन १४ गतेको बैठकको निर्णयका आधारमा गरिएको जनाइएको छ। २०८२ फागुन १५ गतेदेखि लागू हुने गरी निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक रहनेछ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी सूचनामा निर्णयको उल्लंघन गर्दै मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ। साथै, प्रशासनले सबै सरोकारवालालाई निर्णयको पालना गर्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय