spot_img

जगरनाथपुरमा ५०% अनुदानमा चैती धानको बिउ वितरण

spot_img
spot_img

बीरगन्ज,१४ फागुन । जगरनाथपुर गाउँपालिका ले कृषकलाई प्रोत्साहन गर्दै ५० प्रतिशत अनुदानमा चैती धानको बिउ वितरण कार्यक्रम सञ्चालन गरेको छ।

गाउँपालिकाका कृषि शाखा प्रमुख दाया चौहानका अनुसार गाउँपालिका अन्तर्गतका ६ वटै वडाका करिब ३ सय कृषकलाई हालसम्म १२ टन उन्नत जातको चैती धानको बिउ वितरण गरिसकिएको छ।

कृषि उत्पादन वृद्धि गर्ने, समयमा रोपाइँ सम्पन्न गराउने तथा कृषकलाई राहत र उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम लागू गरिएको कृषि शाखाले जनाएको छ। अनुदानमा उपलब्ध गराइएको उन्नत बिउले चैती धानखेतीको विस्तार र उत्पादन वृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ।

गाउँपालिकाले आगामी दिनमा पनि उत्पादनमुखी तथा कृषकमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। स्थानीय कृषकहरूले अनुदानले खेतीको लागत घटाउन र उत्पादन बढाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय