spot_img

घरदैलोमा मतदातासँग नजिक, तोसिमा कार्कीको ‘परिवर्तन र प्रतिबद्धता’को बाचा

spot_img
spot_img

काठमाडौं,१५ फागुन । आगामी निर्वाचन नजिकिएसँगै देशभरका उम्मेदवारहरू घरदैलोमा जुटेका छन्। उनीहरूले बिहान र साँझ मतदातासँग भेटघाट गर्दै हात जोडेर नमस्कार गरिरहेका छन्। सहरी क्षेत्रमा घरको छत वा बार्दलीबाट मतदाताले समेत हात हल्लाउँदै उम्मेदवारलाई अभिवादन गर्ने दृश्य सामान्य बनेको छ।

यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा। तोसिमा कार्की बिहीबार ललितपुर–३ मा मतदातासँग भेटघाटमा पुगिन्। हात्तीवनस्थित ऐरावल टोलसुधार समिति चोकमा करिब २०–२५ जना रास्वपाका नेता–कार्यकर्तासहित कार्की मतदातासँग प्रत्यक्ष सम्पर्क गर्दै भोट माग्दै थिइन्। माइकिङ गर्दै कार्यकर्ताले ‘यहाँको उम्मेदवार तोसिमा कार्की आइपुगेको छ’ भन्दै अपिल गरे।

कार्कीले सडकबाटै घरको छत वा बार्दलीबाट हात हल्लाउने मतदातालाई हात जोडेर नमस्कार गर्दै अघि बढिन्। महिला मतदाताहरूले उनलाई अंगालो हालेर शुभकामना दिइन् र सेल्फी खिचे। ७० वर्षीया सलिना अधिकारीले आफ्नो परिवारको भोट ‘घण्टी’मा दिने निर्णय सुनाउँदै कार्कीलाई आश्वस्त पारिन्। कार्कीले मतदातालाई आश्वस्त पार्दै भनिन्, “हजुरहरूको मत खेर जान दिने छैन, हामी परिवर्तनको पक्षमा उभिएका छौँ।”

एक मतदाताले जेनजी आन्दोलनमा भएका ज्यादतीका कारण पनि यो पटक परिवर्तनको पक्षमा भोट दिने र त्यसका लागि पहिलो पटक मतदाता नामावलीमा नाम लेखाएको बताइन्। कार्कीले मतदाताको आशीर्वाद र समर्थनले आफ्नो प्रतिबद्धतालाई थप बल पुर्‍याएको बताउँदै आगामी दिनमा क्षेत्रको विकास र सेवा प्रवाहमा सक्रिय रहने वाचा गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय