spot_img

मतदाता परिचयपत्र वा नागरिकता नहुँदा मतदान गर्न नपाइने

spot_img
spot_img

काठमाडौं,१५ फागुन ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले अनिवार्य रूपमा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदान केन्द्रमा पुग्दा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रूपमा साथमा लिनु पर्नेछ।

मतदाताले मतदानका लागि राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै एक कागजात लिएर मतदान गर्न सक्ने व्यवस्था छ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका मतदाताले मात्र मतदान गर्न पाउने र मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सरोकारवालालाई यसबारे सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ। यसले मतदान प्रक्रियालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय