spot_img

एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन : विश्वप्रकाश शर्मा

spot_img
spot_img

काठमाडौं,१५ फागुन ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बन्नु फिल्मको हिरो बन्नेजस्तो नभएको भन्दै देशको नेतृत्वका लागि सशक्त र योग्य टीम आवश्यक रहेको बताएका छन्।

पश्चिम नवलपरासीमा बिहीबार आयोजित चुनावी सभामा शर्माले भने, “एउटा हिरोका कारण फिल्म चलेपनि देश चल्दैन। देश बनाउन सक्षम र विज्ञहरूको टोली चाहिन्छ। कांग्रेसले त्यस्तो उत्कृष्ट टीम बनाएर सरकारको नेतृत्व गर्न सक्छ।”

उनले थपे, “गगन थापा प्रधानमन्त्री बन्दैमा देश बन्छ भन्ने भ्रम छैन। तर योग्य नेतृत्व र अनुभवसहितको टोलीले मात्र देशको विकास सुनिश्चित गर्न सक्छ।”

शर्माले कांग्रेसले तयार गरेको टीममा शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरूको मार्गदर्शन रहने र समग्र समन्वयमा सरकार चलाउने दाबी पनि गरे। उनका अनुसार अहिलेको राजनीतिक संकट समाधानमा कांग्रेसको नेतृत्व नै सक्षम हुनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय