spot_img

पर्सा–३ मा ‘कांग्रेस प्रवेश’को हल्ला विवादित, सुरेन्द्र चौधरीविरुद्ध भ्रम फैलाएको आरोप

spot_img
spot_img

वीरगंज,१५ फागुन – सुरेन्द्र प्रसाद चौधरी विरुद्ध पार्टी प्रवेशको नाममा भ्रम फैलाएको आरोप लागेको छ। पर्सा क्षेत्र नं. ३ का नेपाली कांग्रेस का उम्मेदवार चौधरीमाथि यस्तो आरोप पटेर्वा सुगौली गाउँपालिका–१, गदियानी निवासी हजरत भनिने नैजुल होदाले लगाएका हुन्।

हजरतका अनुसार बिहीबार चौधरीसँग सामान्य भेटघाट मात्र भएको थियो। तर उक्त भेटलाई कांग्रेस प्रवेशका रूपमा प्रचार गर्नु गलत भएको उनले बताए। “सुरेन्द्र चौधरीजीसँग बिहीबार भेटघाट भएको हो, तर हामी कुनै पनि पार्टीमा प्रवेश गरेका छैनौं,” उनले स्पष्ट पारे।

उनले आफूहरू हाल पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार रुपेश पाण्डे कै समर्थनमा रहेको दाबी गरे। सामाजिक सञ्जालमा आफूहरू कांग्रेसमा प्रवेश गरेको भन्दै सार्वजनिक गरिएको समाचार भ्रामक रहेको उनको भनाइ छ।

बिहीबार हजरतसहित केही युवाहरू कांग्रेसमा प्रवेश गरेको दाबी सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो। तर शुक्रबार बिहान उनीहरूले कांग्रेस प्रवेश नगरेको स्पष्ट पारेपछि पर्सा–३ मा चौधरीले पार्टी प्रवेशको झुटो अफवाह फैलाएको चर्चा सुरु भएको छ।

यस विषयमा सुरेन्द्र प्रसाद चौधरी को आधिकारिक प्रतिक्रिया हालसम्म प्राप्त हुन सकेको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय