पोखरा,१५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आज पोखरामा आमसभा आयोजना गरेको छ।
पोखराको अमरसिंहचौरमा हुने उक्त सभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टीका कास्की सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार सभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार, नेता तथा कार्यकर्ता सहभागी हुनेछन्।
आमसभामार्फत कांग्रेसले आफ्नो संशोधित विचार, नीति, कार्यशैली र आगामी योजनाबारे जनतालाई स्पष्ट सन्देश दिने जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले चुनावी प्रचारलाई तीव्र बनाइरहेका छन्, जसअन्तर्गत कांग्रेसको यो सभा महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।




