spot_img

मधेसमा निर्वाचनपूर्व ४८१ इजाजतप्राप्त हतियार संकलन

spot_img
spot_img

जनकपुर,१५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशमा हालसम्म ४८१ थान इजाजतप्राप्त हातहतियार (बन्दुक) प्रशासनलाई बुझाइएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रदेशका जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गरेपछि हतियार संकलन कार्य अघि बढाइएको हो।

प्रदेशअन्तर्गत आठ जिल्लामा विभिन्न व्यक्तिसँग कुल २ हजार ५३१ थान इजाजतप्राप्त हातहतियार रहेको तथ्यांक छ। तर हालसम्म ४८१ थान मात्र बुझाइएकाले अझै करिब २ हजार ५० थान हतियार संकलन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले सबै सम्बन्धित व्यक्तिलाई नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालयमा हतियार अनिवार्य रूपमा बुझाउन आग्रह गर्दै सूचना जारी गरेको छ। निर्वाचन अवधिमा शान्ति–सुरक्षा सुदृढ राख्न यस्तो कदम प्रभावकारी मानिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय