spot_img

नेकपा (एमाले) का प्रदीप यादवले पर्सा–१ काे लक्ष्मणवा र भेडीयाही टोलमा घरदैलो सम्पन्न

spot_img
spot_img

 बीरगन्ज,१५ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ को लक्ष्मणवा र भेडीयाही टोलमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा यादवले सूर्य चुनाव चिन्हका लागि मत माग्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरे। उनले पर्साको समग्र विकास, समृद्धि र जनताको जीवनस्तर उकास्ने स्पष्ट भिजन तथा नेतृत्व क्षमता आफूसँग भएको बताए। यादवले घरदैलोमा भने, “काम गरेर प्रमाणित भइसकेको नेतृत्वलाई मत दिनुहोस्, बहरुपियाहरूको पहिचान गर्नुहोस् र सूर्य चिन्हमा मतदान गर्नुहोस्।”

पूर्व मन्त्रीसमेत रहेका यादवले आफ्ना प्रतिद्वन्द्वीहरूलाई अराजनीतिक व्यक्तित्व भएको भन्दै चुनावका बेला मात्रै जनताको बिचमा आएर ठूल्ठूला आश्वासन बाँड्नेहरूबाट सचेत रहन जनतालाई आग्रह गरे।

यादवले पर्सा–१ लाई राम्ररी चिनेको र यहाँका प्रत्येक समस्याबारे पूर्ण जानकारी भएको उल्लेख गर्दै विगतमा दुई पटक सांसद भएर अधिकांश समस्याहरू समाधान गरेको दाबी पनि गरे। उनले भने, “आगामी निर्वाचनमा जितेमा बाँकी रहेका थप समस्याहरू पनि समाधान गर्छु।”

उनले सडक निर्माण, विद्यालय तथा अस्पताल भवन निर्माण, मन्दिर, मस्जिद, धर्मशाला र मसान घाट निर्माण, खानेपानीको समस्या समाधान जस्ता काममा आफ्नो योगदान उल्लेख गर्दै “आकाल पर्दा एक साताभित्र बोरिङ जडान गरी तत्काल समस्या समाधान गरेँ र दीर्घकालीन समाधानका लागि अर्बौँ रुपैयाँका परियोजना ल्याएको छु” बताए।

कार्यक्रममा स्थानीयवासीले यादवलाई फूलमाला लगाएर स्वागत गरेका थिए र आफ्ना समस्याहरू राखेका थिए। यादवले ती समस्याहरू तत्काल सम्बोधन गर्ने आश्वासन दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय