spot_img

काठमाडौंमा होली पर्वमा सार्वजनिक सांगीतिक कार्यक्रम र मेला महोत्सवमा पूर्ण रोक

spot_img
spot_img

काठमाडौं, १५ फागुन । काठमाडौं जिल्ला प्रशासनले आसन्न निर्वाचन र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस वर्षको होली पर्वमा सार्वजनिक सांगीतिक कार्यक्रम र मेला महोत्सव आयोजना गर्न पूर्ण रोक लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनाअनुसार खुला सडक वा सार्वजनिक स्थानमा भिडभाड गर्ने, मञ्च बनाएर कन्सर्ट गर्ने, र मादक पदार्थको बिक्री, वितरण वा सेवन गर्ने कार्यमा प्रतिबन्ध लगाइएको छ।

प्रशासनले निर्वाचन आचारसंहिताको पालनामा जोड दिँदै कुनै पनि राजनीतिक दलको चिह्न, झण्डा, लोगो वा उम्मेदवारको तस्बिर अंकित टी–सर्ट, टोपी, मास्क वा लकेट प्रयोग गर्न निषेध गरेको छ। यस निर्णयले सांगीतिक कार्यक्रमको आवरणमा हुने राजनीतिक भेलाले सुरक्षा चुनौती उत्पन्न नगर्ने सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

साथै, प्रशासनले होली पर्वलाई मर्यादित र भयरहित बनाउन रङ दल्ने, लोला हान्ने वा फोहोर पानी फाल्ने जस्ता उच्छृंखल गतिविधि नगर्न कडा निर्देशन दिएको छ। सार्वजनिक स्थलमा सुरक्षा कडा पारिएको छ र आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने जनाइएको छ।

यस वर्षको होली पर्व अघिल्ला वर्षभन्दा शान्त र राजनीतिक गतिविधिमुक्त हुने देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय