मकवानपुर,१५ फागुन । मकवानपुरमा चामल लोड गरिएको ट्रक र यात्रु बाहक बस एक आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
घटनाबारे अनुसार बिहीबार राति ११:४० बजे मनहरी गाउँपालिका–९, रजैया स्थित पूर्व–पश्चिम सडक खण्डमा हेटौंडा तर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. १–०१–००१ ख ४७६८ नम्बरको यात्रु बाहक बस ठोक्किएका हुन्।
मकवानपुरबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी चुरे हिल अस्पताल, हेटौंडा पठाएको छ। घाइतेहरूको उपचार जारी छ।
दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।




