spot_img

काठमाडौँमा राति ९ बजेपछि रात्रि व्यवसायमा रोक

spot_img
spot_img

काठमाडौँ,१५ फागुन । काठमाडौँ जिल्ला प्रशासनले आगामी फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेपछि सम्पूर्ण रात्रिकालीन व्यवसाय बन्द गर्न निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी होटेल, रेस्टुरेन्ट लगायतका सबै रात्रिकालीन व्यवसायहरू अर्को निर्णय नभएसम्म राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ।

प्रशासनका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “निर्वाचन सुरक्षालाई मध्यनजर गरी काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ देखि अर्को सूचना नभएसम्म राति ९ बजेसम्म मात्र सञ्चालन गर्नुपर्नेछ र त्यसपछि पूर्णरूपमा बन्द गर्नुपर्नेछ।”

यो निर्देश फागुन १८ गतेदेखि अनिवार्य रूपमा पालन गर्नुपर्ने छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय