spot_img

निर्वाचनमा भाग लिएका ३४०६ उम्मेदवारमध्ये आधाभन्दा कमले मात्र बैंक खाता खोले

spot_img
spot_img

काठमाडौँ,१५ फागुन । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दर्ता भएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना मात्रले बैंक खाता खोलेका छन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार, निर्वाचनमा भाग लिएका ६५ दलमध्ये पनि केवल ११ दलले मात्र खाता खोलेका छन्। खाता खोलेका दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन्।

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई लिने आर्थिक सहयोगको पारदर्शिता, खर्च सीमा पालना र प्रभावकारी निगरानी सुनिश्चित गर्न बैंक खाता खोल्न अनिवार्य गरेको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता कार्यविधि, २०८२ अनुसार, सबै दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारका लागि सोही खातामार्फत आम्दानी र खर्चको कारोबार गर्नुपर्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय