spot_img

बीरगन्जमा कुकुरले बाटो काट्दा मोटरसाइकल दुर्घटना

spot_img
spot_img

बीरगन्ज,१५ फागुन ।  पर्साको बीरगन्ज महानगरपालिका–१५ महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

म.प्र.०३–०३८ प ९४७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक बारा परवानीपुर गाउँपालिका–३ का २८ वर्षीय राकेश यादव गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार सडकमा कुकुरले अचानक बाटो काट्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनापछि गम्भीर अवस्थामा रहेका यादवलाई तत्काल नारायणी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकलमा सवार अर्का एक जना घाइतेको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय