spot_img

रास्वपाकी महिला नेत्री गुडी जोशी एमालेमा प्रवेश, वीरगंज–८ मा स्वागत कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आबद्ध रहँदै आएकी महिला नेत्री गुडी जोशी नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेकी छन्। वीरगंज महानगरपालिका वडा नं. ८ निवासी जोशी पर्सा क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र प्रदेशसभा सदस्य पदकी प्रत्याशीसमेत रहिसकेकी छन्।

एक कार्यक्रमबीच उनलाई एमालेमा स्वागत गरिएको हो। कार्यक्रममा वक्ताहरूले जोशीको राजनीतिक अनुभव, ऊर्जा र विकासप्रतिको प्रतिबद्धताले पार्टी संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

जोशीले देशमा सुशासन, स्थायित्व र जनताको समृद्धिका लागि आफूले एमालेमार्फत सक्रिय भूमिका निर्वाह गर्ने बताइन्। उनले स्थानीय तहदेखि प्रदेशस्तरसम्म विकासका एजेन्डालाई प्राथमिकतामा राख्दै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा उपस्थित नेताहरूले जोशीको पार्टी प्रवेशले विशेषगरी महिला तथा युवा युवतीहरूबीच सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै सफल राजनीतिक यात्राको शुभकामना दिएका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय