spot_img

सिंहदरबार जलाउने र बालबालिकामाथि गोली चलाउने शक्तिहरू एउटै हुन् : रवि लामिछाने

spot_img
spot_img

काठमाडौं, १५ फागुन । रवि लामिछानेले भदौ २३ र २४ गते भएका घटनाका दोषी शक्तिहरू एउटै रहेको दाबी गरेका छन्। चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले राज्य व्यवस्था र भ्रष्टाचारविरुद्ध कडा टिप्पणी गरे।

उनले भने, “सिंहदरबार जलाउने त्यसै हो जसले यसलाई भ्रष्टाचारको अखडा बनायो। बालबालिकामाथि गोली चलाउने पनि त्यही शक्ति हो। सिंहदरबार जलाउने र निर्दोष बालबालिकामाथि गोली हान्ने तत्व एउटै हुन्।”

लामिछानेले देशमा देखिएको राजनीतिक विकृतिको अन्त्यका लागि परिवर्तन आवश्यक रहेको बताए। “हामी इतिहासले मागेको जिम्मेवारी पूरा गर्न तयार भएर आएका छौँ,” उनले भने, “जो जहाँ हुनुहुन्छ, पार्टी बदल्न जरुरी छैन, मत बदल्नुस्। रास्वपा सबैको पार्टी हो।”

आफ्नो बोल्ने शैलीबारे टिप्पणी गर्दै उनले भने, “मलाई चर्को नबोल भन्छन्, तर म रवि लामिछाने हुँ,” भन्दै उनले आफू अन्याय र भ्रष्टाचारविरुद्ध स्पष्ट रूपमा बोलिरहने संकेत गरे।

सभामा उनले मतदातालाई पुराना राजनीतिक अभ्यासमाथि पुनर्विचार गर्न आग्रह गर्दै आगामी निर्वाचनमा परिवर्तनको पक्षमा उभिन आह्वान गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय